चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

चितवन । चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् ।

भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २० देखि ५८ वर्षसम्मका छन् ।

यस्तै राप्ती ६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन् ।खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...