धरान उपमहानगरका कर्मचारीमा कोरोना

Co

धरान । धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको केही दिनका लागि सेवा बन्द गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । सूचना शाखाका एक , घर नक्सा शाखाका दुई र अनुगमन अधिकृत सहित कर्मचारीमा कोरोना पुष्टि भएको उनले बताए ।

संक्रमण कै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । बिहिबारदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा १२ र ३ का वडा सदस्यलाई पनि संक्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ ।

सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...