६ वर्षीय बालकसहित विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

Corona dead body

विराटनगर । मोरङको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा छ वर्षीय बालकको मृत्यु भएको छ। जनकपुरका बालकको बिहीवार दिउँसो ४स्५० मा मृत्यु भएको अस्पतालका छाती रोग विशेषज्ञ तथा फोकल पर्सन डा पुरु कोइरालाले जानकारी दिए ।

डा कोइरालाका अनुसार गत असोज ८ गते अस्पताल आएका ती बालकको स्वाब संकलन गरिएको थियो। असोज ९ गते पीसीआर रिपोर्ट पोजिटिभ आउनासाथ अस्पतालको कोभिड आइसोलेसनको आइसीयूमा भर्ना गरिएको थियो । मेनिन्जाइटीस् अर्थात् मस्तिष्कसम्बन्धी रोग भएका ती बालकमा उच्च ज्वरो र अधिक मात्रामा निमोनियाको समस्या भएको डा कोइरालाले बताए।

‘६ वर्षका बालकमा निमोनिया अत्यधिक बढ्दै गएको र श्वासप्रश्वासमा समस्या झन् बढेपछि तत्काल भेन्टिलेटरमा राखिएको थियो’, उनले भने, ‘श्वास्थ्य अवस्था गम्भिर बन्दै गएपनि सकेसम्म उपचार गरिरहेका थियौं तर सफल हुन सकेनौं ।’ शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाली सेनालाई जानकारी गराइसकेकोले नियम अनुसार हुने पनि उनले बताए ।

त्यस्तै, बिहीवार नै नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगरमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी विषनपुर ५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताए । दाहालका अनुसार उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामी ती संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधवार भर्ना भएका ती पुरुष विराटनगरकै म्याक्स अस्पतालबाट रेफर भएर आएका थिए। अस्पतालमा भर्ना गर्नासाथ स्वाब संकलन गरिएको थियो। बिहीवार अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट बिहीवार आएको थियो । रिपोर्ट आएको केही समयभित्रै ती पुरुषको मृत्यु भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...