पछिल्लो २४ घण्टामा थप थप १९११ जनामा कोरोना पुष्टि

1586848470coronavirus news scientists is

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय जनाएको छ। सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ भने ५ हजार ७७ जना क्वारेन्टिनमा छन्। त्यस्तै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ५ सय नाघेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...