उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जना थपिए नयाँ संक्रमित

1590588492 frwvd

काठमाडौं । सरकारले समुदायस्तरमा कोरोना नफैलिएको दावी गरे पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्रोत नखुलेका संक्रमितको संख्या बढ्न थालेको छ । उपत्यकाका विभिन्न ठाउँमा कन्ट्रयाक् ट्रेसिङसमेत हुन सकेको छैन ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २४ जना नयाँ संक्रमित फेला परेका छन् । जसमा काठमाडौंमा १ सय ७७ जना छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा २ सय २४ नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौं उपत्यकामा संक्रमित राख्ने ठाउँको अभावमा लक्षण नभएका संक्रमितलाई सकभर घरमै बस्न आग्रह गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना नयाँ संक्रमित भेटिएको जानकारी पनि डा. गौतमले दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...