कोरोना संक्रमणबाट प्रदेश १ मा थप दुईको मृत्यु

Corona death all use

विराटनगर । विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको मृत्यु भएको हो ।

धरानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो ।

फोक्सोमा इन्फेक्सन भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना संक्रमण देखिएको थियो । मृतक धरानमा लामो समयदेखि हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

त्यसै गरी विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित अवकाश प्राप्त शिक्षकको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको कोशी अस्पताल स्रोतले जानकारी दिएको छ ।

मृतक अवकाश प्राप्त शिक्षक हुन् । परिवारकै एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनमा संक्रमण देखिएको थियो । भदौ ४ गते स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएकोमा आइतबार दिउँसो आएको रिपोर्टमा संक्रमण रहेको पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...