पछिल्लो २४ घण्टामा देशभर ८१८ कोरोना संक्रमण, ३ को मृत्यु

Mritu

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ । हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् । यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...