गाउँपालिका प्रमुखसहित पश्चिम नवलपरासीमा २९ जनामा कोरोना संक्रमण

Coro1588135147764

बुटवल । पश्चिम नवलपरासीमा जिल्ला पृथ्वीचन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्हिनन्दन गाउँपालिकाका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका प्रमुख र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय पनि सिल गर्ने तयारी गरिएको छ ।

जिल्ला पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले अस्पतालका कार्यरत ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई होम आइसोलेसनमा राख्ने वा स्थानीय तहले तयार गरेको आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस