रुसले फेरि पार्‍यो कुनै पनि साइड इफेक्ट नपार्ने कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन

Russian vaccine 7

काठमाडौं । रुसले कोरोनाविरुद्ध थप एक भ्याक्सिन तयार गरेको दावी गरेको छ । ११ अगष्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भ्याक्सिन घोषणा गरेका थिए । त्यसको ११ दिनमा रुसले कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार गरेको दावी गरेको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन जारी गर्ने रुस पहिलो देश थियो । रुसले देशभित्र उक्त भ्याक्सिन प्रयोगको अनुमति पनि दिएको छ ।

अब रुसले दोस्रो भ्याक्सिन तयार गरेको दावी गरेको डेलिमेलले जनाएको छ । दोस्रो भ्याक्सिन कुनै पनि साइड इफेक्ट नभएको रुसी दावी छ । पहिलो भ्याक्सिनको नाम राखेको रुसले दोस्रो भ्याक्सिनको नाम राखेको छ ।

दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।

दोस्रो भ्याक्सिन लगाएका व्यक्तिमा कुनै पनि प्रकारको साइड इफेक्ट देखिएको छैन । भ्याक्सिन प्रयोग गरेका व्यक्ति स्वस्थ रहेका छन् । दोस्रो भ्याक्सिन पनि दुई डोज दिनुपर्ने रुसी अधिकारीले बताएका छन् । अक्टुबरसम्म यसलाई पनि बजारमा ल्याउने रुसको तयारी छ । त्यसका लागि उत्पादन सुरु गरिएको छ ।

भेक्टर स्टेट रिसर्च सेन्टर अफ बायोलोजी एण्ड बायोटेक्नोलोजीमा कोरोनाविरुद्धका १३ भ्याक्सिनमा काम भइरहेको थियो । ल्याबमा जनावरमा यी भ्याक्सिनको प्रयोग भइरहेको छ ।

चीन, अमेरिका र बेलायती भ्याक्सिनमात्र अहिलेसम्म तेस्रो चरणमा प्रवेश गरेका छन् । तर, रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण नगरिकनै भ्याक्सिन प्रयोग थालेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...