वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, वीरगन्जमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

Corona death all use

वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ महिलाको मृत्यु भएको छ । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

कोभिड अस्पतालको आइसियूमा साउन २४ गतेदेखि भर्ना गरिएकी ती महिलाको स्वास्थ्य अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको डाक्टर दिपक कुशवाहाले जानकारी दिए ।

ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ मै उनलाइ कोभिड अस्पतालको आइसीयूमामा भर्ना गरिएको थियो ।

साउन यतामा मात्रै ३२ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३६ मध्ये पर्साका २८ , बाराका ५ र रौतहटका २ जना हुन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस