पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि

Corona test19

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सात जना अंगरक्षकहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा पूर्वप्रधानमन्त्री नेपालसहित अन्य सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । रिपोर्ट भने शुक्रबार राती मात्रै आएको थियो ।

पूर्वप्रधानमन्त्री नेपालसहित परिवारका सबैजना र सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुको स्वाब परीक्षण गर्दा अंगरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

यसअघि पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अंगरक्षकहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...