भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

Corona india1 e1593331074882

काठमाडौं । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९६ हजार ६४१ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९५३ जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५५ हजार ९२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...