चितवनमा दुई नर्ससहित थपिए २६ जना कोरोना सक्रमित

Corona2020 05 07 08 17 46

चितवन । चितवनका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा संक्रमितको संख्या ३०३ पुगेको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २२ र अन्य जिल्लाका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये क्यान्सर अस्पताल भरतपुरका दुईजना नर्स रहेका छन् । अन्य १९ व्यक्ति पनि भरतपुर महानगरपालिका भित्रका रहेका छन् । केही राप्ती नगरपालिकाका पनि छन् ।

थपिएका संक्रमितमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ११ महिला र ८ पुरुष गरी १९ जना र राप्ती नगरपालिकाका ३ जना पुरुष छन् ।

उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।

नवलपरासी पूर्व, पर्वत, पर्सा र मकवानपुरका १–१ जनाका कोरोना पुष्टि भएको अस्पताल प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।  उनीहरु अस्पताल अएका बिरामी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...