नारायणी अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु, कोरोनाको आशंका

1589368334narayani hospital

पर्सा । कोरानासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटले थप उपचारका लागि वीरगंज रेफर गरिएको ५५ वर्षिय निजामुदिन अनसारी उपचारको क्रममा आज (शुक्रबार) बिहान मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ ।

ज्वरो, रूघाखोकि, झाडापखाला, स्वास्प्रसवासमा समस्या लगायतको सेन्टम उनमा देखिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए । अबेर राति अन्तिम अवस्थामा नारायणी अस्पतालको अकास्मिक कक्षमा आएका उनको उपचारको क्रममै विहान मृत्युु भएको हो ।

मृतकमा कोरोना संक्रमण छ या छैन् भन्ने यकिन गर्न स्वाब संकलन गरिएको छ । आज साँझसम्म रिपोर्ट आउने नारायणी अस्पतालको पिसिआर ल्याबले जनाएको छ ।

प्रतिकृया दिनुहोस