निषेधाज्ञा जारी भएकै दिन १७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Traffice office

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । यसलाई नियन्त्रण गर्न आजदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ तर, निषेधाज्ञा जारी भएकै दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस