२४ घण्टामा काठमाडौँ उपत्यका थपिए २०५ जना नयाँ संक्रमित

Kathmandu

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाभित्र २ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या उपत्यकामा एकदिनमा देखिएको अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपत्यकाभित्र यसरी संक्रमितको संख्याले रेकर्ड बनाउन थालेपछि उपत्यकाबासी त्रसित बनेका छन् । खासगरी लकडाउन पनि भइनसकेको अवस्था कोरोना संक्रमितको संख्या बढ् थालेपछि त्रास फैलिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...