२४ घण्टामा देशैभर थपिए १ हजार १६ संक्रमित, कुल संख्या २८ हजार नाघ्यो

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो ।

पछिल्लो २४ घण्टामा १३ हजार १ सय ६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण हुँदा २४ घण्टामा ८५ जनाले मात्र कोरोना जितेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५ सय ८० पुगेको छ ।

देशभर संक्रिय संक्रमितको संख्या १० हजार ५ हजार ६३ रहेको छ ।

कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।

यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस