साँखुमा १५ जनामा कोरोना भाइरस संक्रमण

431121

काठमाडौँ । शंकरापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ। उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ।

सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए। यो साता नगरपालिकामा २६२ जनाको पीसीआर परीक्षण गरेको बताउँदै चापागाईंले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिए।

नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ।

नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहेका प्रमुख चापागाईंले बताए। संक्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...