अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

Corona test19

काठमाडौं । अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । एकैदिन थप ४० हजार २१६ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६७ हजार ४४७ जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५८३ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार ७१० पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...