कोरोनाबाट विराटनगरमा ४७ वर्षीय पुरुषको मृत्यु

Koshi hospital covid nishan

विराटनगर । कोरोना संक्रमणबाट कोशी अस्पताल विराटनगरमा सोमबार साँझ थप एकको मृत्यु भएको छ । योसँगै विराटनगर महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर –८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

खोकी र ज्वरो आएर आइतबार साँझ अस्पतालमा भर्ना भएका उनको फोक्सोमा समस्या रहेको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।

कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गरिएको थियो । सोमबार बिहान मात्र उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुने संख्या ११ पुगेको छ । यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षाका १ जना र बुढीगंगाका १ को मृत्यु भइसकेको छ ।
यसैबीच विराटनगर महानगरपालिकामा आइतबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै महानगरमा संक्रमितको संख्या ५ सय ९५ पुगेको छ ।

प्रतिकृया दिनुहोस