आज मात्रै थपिए ५८१ संक्रमित, कोरोना संक्रमितको संख्या २७ हजार नाघ्यो

Corona psycho

 काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप पाँच सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थप भएकासमेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार दुई सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एक सय ६० जना निको भएर डिस्चार्ज भएका छन् । अर्थात्, ६४.२ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् । 

प्रदेश १ मा ९ सय १०, प्रदेश २ मा एक हजार ८ सय ६६, बागमती प्रदेशमा दुई हजार २ सय १८, गण्डकी प्रदेशमा २ सय ९७, प्रदेश ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ संक्रमितको उपचार भइरहेको छ । 

मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय भन्दा बढी संक्रमित उपचारत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबार थप तीन जनाको मृत्यु भएको छ । यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या १सय ७ पुगेको छ ।



 

प्रतिकृया दिनुहोस