स्वास्थ्य मन्त्रालयकै चालकमा कोरोना संक्रमण पुष्टि

Ministry of health and population 32

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का दुईजना सवारी चालकमा कोरोना संक्रमण पसष्टि भएको छ ।

केही दिनअघि मात्रै मन्त्रालयका तीनजना कार्यालय सहयोगीसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि राज्यमन्त्री नवराज रावतसहित करीब ४० जना क्‍वारेन्टाइनमा बसेका थिए ।

उनीहरुमध्ये अधिकांशले गत शुक्रबार नमूना जाँच दिएका थिए । तिनैमध्ये आइतबार आएको पिसिआर रिपोर्टमा मन्त्रालयका एकजना सवारी चालकमा संक्रमण पुष्टि भएको हो ।

परिषद्तर्फ पनि एक सवारी चालककै रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस