काठमाडौं उपत्यकाभित्र पछिल्लो २४ घण्टामा १७२ जनामा संक्रमण

Kathmandu vally

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा १ सय ७२ जना नयाँ संक्राित थपिएका स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उपत्यकाको काठमाडौंमा सबैभन्दा धेरै १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आइतबार बरिष्ट चिकित्सकदेखि नेपाल प्रहरीका दुई डिआइजीसमेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिकृया दिनुहोस