प्रहरी अस्पतालमा कार्यरत नेपाल प्रहरीका दुई जना डीआईजीलाई कोरोना संक्रमण

Corona news 10

काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृत प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपाल प्रहरीका ६ सयभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये २ सय ४० जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा हाल ३ सय ८० जना सक्रिय संक्रमित छन् ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताए । हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।

जसमध्ये प्रहरी प्रधान कार्यालयकै १ सय ५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस