रुसले रुसले शुरु गर्‍यो कोरोना विरुद्धको भ्याक्सिन उत्पादन सुरु, मासिक ५० लाख डोज तयार पार्ने

Corona virus vaccine

काठमाडौं । विश्वब्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप विश्वमै सबैभन्दा पहिला विकास गरेको दावी गर्दै आएको रुसले खोपको पहिलो खेप उत्पादन गरेको छ । रसियाली स्वास्थ्य मन्त्रालबाट प्राप्त जानकारी अनुसार न्युज एजेन्सी इन्टरफेक्सले यो खबर प्रकाशित गरेको हो ।

यद्यपी केही मुलुकका वैज्ञानिकहरुले भने रुसलाई खोप उत्पादनका लागि हतारमा अनुमति दिएर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमाथी खेलवाड गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन । खोपको तेस्रो चरणको परीक्षण बिना नै उत्पादनको अनुमति दिइएको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

तेस्रो चरणको परीक्षणमा हजारौं मानिसहरुलाई सहभागी गराइन्छ । खोपले औपचारिक रुपमा मान्यता पाउने या नपाउने भन्ने विषयमा यो चरण निकै महत्पूर्ण मानिन्छ । तर रुसले भने यहि महिनाको अन्त्यसम्म खोप आउने र यो खोप विश्वकै पहिलो कोरोनाविरुद्धको खोप हुने दावी गर्न छाडेको छैन ।

राष्ट्रपति भ्लादिमिर पुटिनले पनि खोप बारे निकै जोड दिंदै यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन । आफ्नी छोरीलाई पनि यो खोप लगाइएको बताउँदै, खोप लगाएपछि छोरीलाई राम्रो महसुस भएको उनले जानकारी दिएका छन । उत्पादनसमेत सुरु गरिसकेको यो खोपको नाम रुसले ‘स्पुतनिक–५’ राखेको छ ।

स्पुतनिक अन्तरिक्षमा गएको पहिरो रसियाली भू–उपग्रहको नाम हो । ‘स्पुतनिक–५’ भ्याक्सिन विकास गरेको गामेलाय ईन्स्टिच्युटले डिसेम्बरदेखि जनवरीसम्म प्रति महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्ने बताएको छ ।

अमेरिका, ब्राजिल, भारतलगायतका मुलुकहरु कोरोनाबाट अधिक मात्रामा प्रभावित छन । अमेरिका र ब्राजिलले त यो भ्याक्सिन प्रयोग नगर्ने घोषणा नै गरिसकेका छन ।

भारतले पनि यो खोप प्रयोग गर्ने नगर्ने बारे कुनै औपचारिक धारणा ब्यक्त गरिसकेको छैन । तर फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने, ‘स्पुतनिक–५’ भ्याक्सिनमाथी पूर्ण रुपमा विश्वास ब्यक्त गर्दैै आफ्नो मुलुकमा लागु गर्ने बताएका छन । एजेन्सी 

प्रतिकृया दिनुहोस