चितवनमा थप २७ जनामा कोरोना संक्रमण

Co

चितवन । चितवनको भरतपुर अस्पताल अन्तर्गतको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा २७ जना चितवनका छन् भने १ जना सर्लाहीका छन् ।

अस्पतालले शनिबार अबेर राति दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं ३, ४, ६, ७, १०, १२, १५ र ३१ का २६ देखि ५३ वर्ष उमेर समूहका १० जना पुरुष तथा ११ जना महिलामा संक्रमण पुष्‍टि भएको हो । उनीहरुको स्वाब भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको बताइएको छ ।


यस्तै रत्‍ननगर नगरपालिका वडा नं ५ र १२ का २५ ३२ र ३६ वर्षीय पुरुष तथा ३५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । उनीहरु चारैजना क्‍वारेन्टाइनका हुन् ।

त्यसैगरी खैरहनी नगरपालिका वडा नं ८ का ३९ र ४५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्‍टि भएको छ । उनीहरु पनि क्‍वारेन्टाइनका भएको बताइएको छ । सर्लाहीकी २९ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उनको स्वाब भरतपुर अस्पतालबाट संकलन गरिएको हो ।

अस्पतालमा शनिबार राति अबेरसम्म परीक्षण गरिएका ४७४ वटा स्वाब नमूनाहरुमध्ये २८ वटाको रिपोर्ट पोजेटिभ आउँदा ४४६ वटा नमूनाको भने नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस