विरोधकाबीच रुसले शुरु गर्‍याे कोरोना विरुद्धको भ्याक्सिन उत्पादन

रुसले नै भ्याक्सिन बनाउने पहिलो देश : अमेरिका

Corona virus vaccine

काठमाडौं । आज विश्व नै कोरोना भाइरसबाट पीडित बनेको छ । औषधी तयार नहुँदा लाखौंले ज्यान गुमाउनुपरेको छ । तर, यही बेला रुसले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु गरेको छ । 

पहिले खोपको अक्टुबरमा क्लिनिकल परीक्षण गरेर सफल भएमा अप्रिल २०२१ सम्ममा आम जनतामा लैजाने बताएको छ ।विश्वभर महामारीको रुप लिएको कोरोना भाइरससँग विजयी हुनका लागि चीन, अमेरिकासहित विश्वका धेरै देश लागिरहेका छन् । रुसको स्वास्थ मन्त्रालयले कोभिड–१९ विरुद्धको भ्याक्सिनको उत्पादन सुरु गरिएको जनाएको छ ।

औपचारिक नाम ‘गाम–कोभिड–भाक’ भएपनि यस भ्याक्सिनलाई ‘स्पुटनिक पाँचौ’ उपनाम दिइएको छ । सोभियत युनियनले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाइट स्पुटनिकको नामबाट यसको नामकरण गरिएको हो । 

मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन आफ्नो देशमा दर्ता भएको घोषणा गरेका थिए । उनले भ्याक्सिन पूर्ण सुरक्षित रहेको दाबी गरेका छन् ।

गामायिला नेशनल रिसर्च सेन्टरले विकास गरेको यस भ्याक्सिनले कोरोनाविरुद्ध जुध्नका लागि मानिसको प्रतिरोधी क्षमतालाई बलियो बनाउने रुसको दाबी छ । २० भन्दा धेरै देशले यस भ्याक्सिनको प्रयोगका लागि इच्छा प्रकट गरेको रुसको दाबी छ ।

जुलाइमा दोस्रो चरणको क्लिनिकल परीक्षण पास भएपछि रुसका स्वास्थ अधिकारीहरुले यसलाई गत मंगलबार दर्ता गरेका हुन् ।

रुसी अधिकारीहरुले तेस्रो चरणको क्लिनिकल परीक्षण अगावै भ्याक्सिन दर्ता गर्न सकिने निष्कर्ष निकालेपनि पश्चिमा देशहरुले रुसले हतार गरेको भन्दै यस निर्णयको आलोचना गरिरहेका छन् ।

रुसी स्वास्थ मन्त्रालयले चासोहरुलाई सम्बोधन गर्नेगरी चाडै परीक्षण डाटा सार्वजनिक गरिने जनाएको छ । रुसले यस भ्याक्सिनलाई जनवरी २०२१ सम्म आम सर्वसाधारणको पहुँचमा पुर्याउने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, रुसले बनाएको कोरोना भ्याक्सिनमा अमेरिकासहित अन्य देशका वैज्ञानिकहरुले विरोध जनाएका छन् । रुसको भ्याक्सिनले आवश्यक परीक्षण पुरा नगरेको भन्दै वैज्ञानिकहरुले शंका व्यक्त गरेका छन् ।

रुस राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो देशले बनाएको खोपले सफलतापूर्वक परीक्षणको सबै चरणहरु पुरा गरिसकेको दावी गरेका छन् । यद्यपि स्पुतनिक फाइभ नामक यो खोपलाई विश्व स्वास्थ्य संगठनले पनि विश्वास देखाएको छैन ।

रूसी रक्षा मन्त्रालय र गामेलिया रिसर्च इन्स्टिच्युटद्वारा विकसित यस खोपले कोरोना भाइरसविरूद्ध दुई वर्षसम्म प्रतिरोधात्मक क्षमता बढाउने रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ ।

यसैबीच रुसको स्वास्थ्य मन्त्रालयले केही देशहरूले उसको खोपमा चासो देखाउन थालेका बताएको छ । भियतनामले उक्त खोप किन्न आफ्नो नाम दर्ता गरेको दावी गरिएको छ । भियतनामले सुरुमा ५० देखि १५० मिलियन डोज खरीद गर्न सक्ने दावी गरिएको छ ।

यस्तै इजरायलको स्वास्थ्य मन्त्रालयले पनि यसलाई छिट्टै किन्ने निर्णय लिन सक्ने बताइएको छ । इजरायलले पहिले यो खोपको परीक्षण गर्ने र यदि यो वास्तवमा राम्रो खोप सावित भए रूससँग यसको खरीदका लागि वार्ता गर्ने बताएको छ ।

भियतनाम र इजरायल बाहेक फिलिपिन्स पनि रूसी खोप किन्नका लागि तयार रहेको देखिएको छ । यद्यपि, फिलिपिन्सले

रुसले नै भ्याक्सिन बनाउने पहिलो देश : अमेरिका
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।

‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले रुसी खोपबारे सकारात्मक धारणा राखेका हुन् । कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनले बताए ।

‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,’ उनले भने ।

उनले चाँडै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए । एजेन्सी

 

प्रतिकृया दिनुहोस