२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ९८ जना संक्रमित

1590588492 frwvd

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारभन्दा कम संक्रमित भेटिएका छन् । शुक्रबार १ सय १९ जनामा कोरोना संक्रमण भेटिएकोमा शनिबार शुक्रबार भन्दा २१ जना कम संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा मात्र ८० संक्रमित थपिएका छन् भने ललितपुर ९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या एक हजार ८ सय पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २४ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा र ललितपुरका ७ जनामा संक्रमण देखिएको छ । यता प्रहरी अस्पतालमा गरिएका परीक्षणमा काठमाडौंका २४ जनामा संक्रमण देखिएको छ ।

यसैगरी बीएण्डबी ल्याबमा काठमाडौंका ३ जनामा संक्रमणको पुष्टि भएको छ । उता नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका ४ जनामा र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा र ललितपुरका १ जनामा संक्रमण देखिएको छ । यस्तै विध ल्याबमा गरिएको परीक्षणमा काठमााडौंका १० जनामा र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यता वीरेन्द्र अस्पताल काठमाडौंमा भएको परीक्षणमा काठमाडौंका ३ जनामा संक्रमण देखिएको छ र योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या १ हजार ४ सय ४५ , ललितपुरमा २ सय ९ र भक्तपुरमा १ सय २५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार ८ सय पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...