बुटवलमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १०२ पुग्यो

Corona death all use

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

आज बिहान मृत्यु भएका कपिलवस्तुका ती बिरामी तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।

उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ४२ वर्षीय ती पुरुषलाई आइसीयुमा राखी उपचार गरिँदै थियो ।

डा. गौतमका अनुसार ती बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...