वीरगञ्जमा कोरोनाबाट थप १ को मृत्यु, नेपालमा मृतकको संख्या १०१ पुग्यो

Corona death all use

वीरगञ्ज । पर्साको वीरगन्जमा थप १ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ ।

नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा गए राती वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीका ६० बर्षिय बृद्धको ज्यान गएको हो ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । साउनमा मात्रै २२ जनाको मृत्यु भएको छ । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् ।

साउन २१ गते मृतक बृद्धको पिसिआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले भने । ज्वरो आए लगत्तै उनलाइ साउन २४ गते कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

विगत ६ दिनदेखि उपचाररत उनको स्वास्थ्यमा थप समस्या आएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा उपचारको क्रममा गएराती मृत्यु भएको हो ।

मृतक बृद्ध बिगत लामो समयदेखि दम रोगबाट पीडित थिए । उनलाई दुई पटक प्यारालायसिस समेत लागेको थियो ।

 

 

प्रतिकृया दिनुहोस