काठमाडौँ उपत्यकामा थपिए १ सय १९ संक्रमित

Corina virus

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय १९ संक्रमित फेला परेका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ७ सय २ पुगेको छ ।

यसअघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो । यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय १९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ८३ संक्रमित थपिएका छन् भने ललितपुर ३० संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६ जना संक्रमित देखिएका छन् । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...