विद्युत प्राधिकरण दमकका ५ कर्मचारी कोरोना संक्रमित

Co

झापा । नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीमा कोरोना पुष्टि भएको छ । विद्युत प्राधिकरणका ५ सहित ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल विद्युत प्राधिकरण दमकमा काम गर्ने पाँच कर्मचारीमा कोरोना देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले पुष्टि गरे । त्यस्तै दमक ५ बस्ने एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । ती महिला भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

कोरोनाको हटस्पट बनेको विराटनगर आवतजावत गरेका कारण प्राधिकरणका कर्मचारीमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । यसबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस