बारा, पर्सा, र महोत्तरीमा थप ४८ जनामा कोरोना संक्रमण

Co

बारा । पछिल्लो २४घण्टामा बारा, पर्सा, र महोत्तरीका थप ४८ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२ जना महिला छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ११६५ पुगेको छ । जसमध्ये आइसोलेसनको अभावमा ४१५ जना अस्पताल बाहिर छन् । उनीहरु होम आइसोलेसन बसेको भनिए पनि मापदण्डअनुसार भए नभएको अनुगमन गर्ने निकाय जिम्मेवार देखिएको छैन । नारायणी अस्पतालमा चिकित्सकसहित १२ जना संक्रमित संक्रमितमध्ये २ जनामहिला चिकित्सक छन् ।

नारायणी अस्पतालका १ जना चिकित्सकसहित ४ जना कर्मचारी, ३ जना सफाइ कर्मचारी र एकजना कार्यालय सहयोगी र ३ जना सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको छ ।

२७ वर्षीया चिकित्सक, फार्मेसीमा कार्यरत वीरगञ्ज २ का ३२ वर्षीय पुरुष, पोषण वार्डका ४५ वर्षीया महिला, ईआर कर्मचारी २६ वर्षीय र ३५ वर्षीय सोसियोथेरापी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

मेडिकल वार्डमा कार्यरत सफाइ कर्मचारी ५० वर्षीय पुरुष, ३५ र ४३ वर्षीया महिला तथा ५२, ३८ र २० वर्षका सुरक्षा गार्डमा कोरोना देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...