तनहुँको एउटै वडामा ५ वर्षीय बालिकासहित २० जनालाई कोरोना संक्रमण

Corona news 10

तनहुँ । तनहुँमा समुदायस्तरमा कोरोना फैलिएको छ । भानु नगरपालिका–१ भन्सार आसपासका २० जना कोरोना संक्रमित शुक्रबार एकैदिन थपिएका छन् ।

संक्रमित हुनेमा ५ वर्षीया एक बालिका छन् भने अन्य ५ महिला र १४ पुरुष छन् । अधिकांश संक्रमित बयस्कहरु छन् ।

एकै वडाका २० जनामा कोरोना पुष्टि भएपछि भानु नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार एकै वडाका १४ पुरुष र छ महिला रहेका छन् भने एक ५ वर्षीया बालिका रहेकी छन् । सो ठाउँका २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब नमूना संकलन गरी पोखरा पठाइएकोमा संक्रमण पुष्टि भएको हो । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा सोमबार कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट १ सय २४ जनाको स्वाब नमूना संकलन गरिएको थियो ।

कन्ट्याक्ट ट्रेसिङबाट मोटरसाइकल वर्कसप, मासु तथा अन्य पसलहरुको व्यक्तिहरुको स्वाब नमुना संकलन गरिएको थियो । स्वाब संकलन गर्ने क्रममा नै १८ देखि २० जनामा रुघाखोकी तथा ज्वरो आएको थियो ।

स्याङ्जामा थपिएका संक्रमित पुतली बजारका ३९ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । आज थपिएका संक्रमितसहित प्रदेशमा कुल संक्रमितको संख्या १६ सय ८१ पुगेको छ ।

प्रतिकृया दिनुहोस