प्रत्येक घण्टा १४ संक्रमित थपिँदै, अब कोरोनाबाट कसरी जोगिने ?

Corona patient rqdqlbqkzg

काठमाडौँ । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबार मात्रै १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो केही दिनयता कोरोना परीक्षण दर बढेको छ । गत बिहीबार ६ हजार ६ सय २२, शुक्रबार ७ हजार ९ सय २६, शनिबार ७ हजार ७ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो । यस्तै, गत आइतबार ८ हजार ५ सय १५, सोमबार ८ हजार ४ सय ३२, मंगलबार १० हजार ४ सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ४ सय ५४ पुगेको छ । काठमाडौंमा १ हजार १ सय ६९, ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ५ संक्रमित पुष्टि भएका छन् ।

संक्रमणबाट कसरी जोगिने ?
— मास्कको उचित प्रयोग गर्ने
— भौतिक दुरी (कम्तीमा दुई मिटर)कायम गर्ने
— सकभर घरबाहिर ननिस्कने
— साबुनपानीले नियमित हात धुने
— कुनै वस्तु छोएमा सेनिटाइजर प्रयोग गर्ने
— हातले नाक, मुख, आँखा वा शरीरका अंग नछुने
— संक्रमणको कुनै लक्षण देखिएको महसुस भए होम आइसोलेसनमा बस्ने र नजिकैको अस्पताल जाने

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...