काठमाडौँ उपत्यकामा संक्रमित संख्या बढ्ने क्रम तिब्र, एकैदिन थपिए १३८ संक्रमित

1590588492 frwvd

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँका  १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६४ कोरोना जितेर घर फर्किएका छन्।

योसहित कोरोना जित्नेको कुल संख्या  १६ हजार ७ सय २८ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा १० हजार ४८१ पीसीआर परीक्षण भएका छन्।

क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ८ सय ४६ पुगेको छ भने आइसोलेसनमा ७ हजार ६ सय १३ जनाको उपचार भइराखेको छ ।



 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...