प्रचण्ड निवासमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि

Co

काठमाडौँ  । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले नेपालखबरलाई जानकारी दियो ।

प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम क्वारेन्टिनमा बसेका छन्।

प्रतिकृया दिनुहोस