दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

Corona patient rqdqlbqkzg

वीरगञ्ज । बारा र पर्सामा २ जना डाक्टरसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षका छन् ।

संक्रमित हुनेहरुमा दुई डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका छन् ।

संक्रमितमध्ये नेसनल मेडिकल कलेज वीरगञ्जका दुई डाक्टरसहित तीन कर्मचारी, नारायणी अस्पतालकै तीन स्टाफ नर्स र दुई कार्यालय सहयोगी र एक जना सशस्त्र प्रहरी रहेका छन् । वीरगञ्जकै भवानी हस्पिटलका ६ कर्मचारी पनि रहेको बताउँदै उपाध्यायले ती चिकित्सक हुन् वा के भन्ने खुल्न बाँकी रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...