पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ४४ संक्रमित

1590588492 frwvd

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३६, ललितपुरका ४ तथा भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १२ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो।

नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ८ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो। स्टार अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौँका ८ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

बिध ल्याब काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो। ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका एकजनामा संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...