अस्पतालको चक्कर लगाउँदा लगाउँदै मृत्यु भएकी लामालाई कोरोना पुष्टि

प्रहरी, महानगरका कर्मचारीसहित आज ७५ जनामा संक्रमण भेटियो

Narayani hospital

वीरगन्ज । वीरगन्जका आधा दर्जन अस्पतालको चक्कर लगाउँदा पनि भर्ना नलिएपछि मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर मृत्यु भएकी वीरगन्ज –२ छपकैयाकी २० वर्षीया विष्णु लामाको संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए ।

प्रयोगशालाले आइतबार बिहान दिएको रिपोर्टमा लामाको पनि पीसीआर पोजिटिभ आएको अस्पतालका डा. उपाध्यायले जानकारी दिए । साउनमा मात्रै पर्सामा १७ जनाको मृत्यु भएको हो ।

शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।

मृत्युपछि शनिबार दिउँसो लामाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । नमुना परिक्षणका क्रममा उनको पोजेतिभ आएको हो ।

यता, छपकैयाको २० वर्षीया मृतक लामासहित पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...