पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Corona death 13

काठमाडौं । पोखरामा उपचाररत कोरोना संक्रमित एक ६२ बर्षीय बृद्धको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एकरएक जनाको मृत्यु भएको थियो ।

साउन १७ गते कोरोना रिपोर्ट पोजेटिभ देखिनुका साथै सुगर रोगबाट ग्रसित पोखरा नगरपालिका वडा नं १९ निवासी ६२ बर्षीय बृद्धको गएराती ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको हो ।

योसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारीक पुष्टि भने गर्न बाँकी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...