प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि

Krishna kc namuna

बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना संक्रमण भेटिएको छ । उनी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सक्रिय रहँदै आएकी थिइन् ।

सांसद केसीले शनिबार राति फेसबुकबाट एक सन्देश सार्वजनिक गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि पीसीआर परीक्षण गर्न र सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...