बाग्लुङमा १३ जना मजदुरमा कोरोना भाइरस संक्रमण पुष्टि

Corona news 10

बाग्लुङ । बाग्लुङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । उनीहरुमध्ये १ हजार ४ सय ४३ जना निको भइसकेका छन् ।

शनिबार निर्माणाधिन धौलागिरी अञ्चल अस्पतालको सि ब्लकमा कार्यरत १३ जना मजदुरमा कोरोना पोजेटिभ देखिएको हो । एक साता अघि महोत्तरी बाग्लुङ गएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए ।

लामो यात्रा गरेको र सिमाक्षेत्रबाट आएको भन्दै मजदुरहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । पोखरामा आज बिहान गरीएको पीसीआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

१७ युवा मजदुरमध्ये साउन १८ गते एक जनाको मात्रै पिसिआर गरिएको थियो । ती युवाको पोजेटिभ देखिएपछि बाकीको पीसीआर गरिएकोमा १३ जनामा पोजेटिभ देखिएको हो ।

लकडाउनका कारण रोकिएको भवनको निर्माणका लागि ठेकेदारले मजदुर झिकाएका थिए । संक्रमण पुष्टी भएका सबैलाई आइसोलेसन लैजाने तयारी भइरहेको छ ।

शनिबार स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस