काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ भदौसम्म बन्द हुनेछन् यी सेवा

Kathmandu 22

काठमाडौँ । कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्ने सेवा घटाएका छन् ।

आज काठमाडौं, भक्तपुर र ललीतपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको बैठकले २५ साउनदेखि ८ भदौसम्मका लागि सेवा प्रवाह घटाउने निर्णय गरेको हो ।

बैठकपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार नागरिकता र प्रतिलिपि वितरण, राहदानी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण र नाबालिग परिचयपत्र वितरणसम्बन्धी सेवा हाललाई स्थगित गरिएको छ ।

तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामको लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने नियमित हुनेछ । करीब तीन महीना लामो बन्दाबन्दीपछि १ असारदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सेवाहरू नियमित गरेको थियो ।

नियमित सेवा प्रवाहमा आवश्यक सतर्कता अपनाइएको भए पनि सेवाग्राहीको अत्यधिक भीडभाडका कारण कोभिड–१९ को जोखिम बढेकाले अहिलेलाई केही सेवा प्रवाह स्थगित गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...