२४ घण्टामा थपिए ४६४ संक्रमित, कोरोना संक्रमित संख्या २२ हजार नाघ्यो

Coronaa

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएको बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १० हजार २ सय ७ क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...