पाटन अस्पतालको आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको मृत्यु

768798

काठमाडौँ । लतितपुरस्थित पाटन अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । 

वीरगन्जका महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको बिहीबार दिउँसो ३ः३० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

मृतकमा सुगर र प्रेसरको समस्या समेत रहेको  जनस्वास्थ्य कार्यालय ललितपुर स्रोतले जानकारी दिएको छ । उनलाई साउन १७ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।

मृतकको बिहीबार राति नै पशुपतिमा दाहसंस्कार गरिएको स्रोतले जानकारी दिएको छ ।ललितपुरमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस मध्ये  ३ जना ललतिपुरकै स्थानीय हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...