एनएमबि बैंक र सिजी डिजिटलबीच सम्झौता

Nmb

काठमाडौँ । एनएमबि बैंक र सिजी डिजिटलबीच शून्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र सिजी डिजिटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गर्नुभयो ।

यसअन्तर्गत एनएमबिका ग्राहकले सिजी डिजिटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुको खरिदमा १२ महिनासम्मको एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरिद गर्न सक्नेछन् ।

यसका अतिरिक्त एनएमबिका ग्राहकले सिजीका विविध उत्पादनहरुमा डेबिट÷क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशतसम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...