कोरोना कहरः भारतमा संक्रमितको नयाँ रेकर्ड, एकैदिनमा ९ सय को मृत्यु

1587320907 8776

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख १७ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड ९२ लाख ५७ हजार ६४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २३ लाख ५७ हजार ६५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार २५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा अहिलेसम्म ४१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ भने २० लाख २५ हजार ४०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ७७ हजार ३८४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जना स्वास्थ्योपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

भारतमा बिहीवार मात्रै अहिलेसम्मकै सबेभन्दा धेरै संक्रमित थपिएका छन् । बिहीवार ६२ हजार १७० जना संक्रमित थपिएका छन् भने ८९९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...