सिरहाका कोरोना संक्रमित २१ वर्षीय युवाको धरानमा मृत्यु

Coronavirus death body

सिरहा । सिरहाका एक कोरोना संक्रमित युवकको गए राति मृत्यु भएको छ । सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् । 

बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २१ वर्षीय युवकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको छ । गत तीन वर्षदेखि मृगौलाको समस्या रहेका युवकको मृत्यु भएको हो ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाहसंस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...