भारतमा भयावह बन्दै कोरोना, एकैदिन ६२ हजार बढीमा संक्रमण

Yy

काठमाडौं । भारतमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिएका छन् ।

वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार १ सय ७० कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ९९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ । त्यस्तै हालसम्म १३ लाख ७७ हजार ३ सय ८४ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...